चुरामणि तिमिल्सिना,
रिडि,असार ५ – फोस्रान स्माट कृषि गाउँ कार्यक्रम तानसेन नगर पालिका वडा न १४ अर्गली पाल्पाले १ दिने पशु स्वास्थ्य तथा नमूना परिक्षण शिविर सम्पन्न गरेको छ । पुष्करनाथ पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका पशु चिकित्सक नविन वस्याल प्रमुख अतिथि रहनु भएको थियो ।यस्तै भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र पाल्पाका प्राविधिक युवराज ज्ञवाली , नगरपालिका प्रतिनिधि नारायण दर्लामी, प्राबिधिक सहायक विस्वनाथ भट्टराई , कर्जा सहजकर्ता सविता ज्ञवाली ,जेटिए प्राविधिक करुणा काफ्ले कार्यक्रममा अतिथि रहनु भएको थियो।सिविर कार्यक्रममा बिस्वनाथ भट्टराईले कार्यक्रम माथि प्रकाश पार्दै कृषकहरुलाइ समयमै आफुले गरेका कामको विवरण अनुसार भुक्तानी लिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा उपस्थित भएका सबैलाई बाख्रा पाल्दा अपनाउनु पर्ने विषय बस्तु , एस्मा लाग्ने रोग ,औषधि खुवाउने तरिका ,घास लगाउने समय पनि सिकाइयएको थियो । कार्यक्रमको सन्चालन सहजकर्ता राधा पाण्डेले गर्नु भएको थियो । रिडी बाट हाम्रा प्रतिनिधि चुरामणि तिमिल्सिनाले