अर्घाखाँची,
असार ६ – अर्घाखाँचीमा बेवारिसे अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को हाइस काउन्टरको छेउमा बेवारिसे अवस्थामा फेला परेकी महिलाको उद्धार गरि जिल्ला अस्पताल सन्धिखर्क लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । अन्दाजी ५० वर्षकी महिलाको पहिचान खुल्न सकेको छैन। तीन दिनदेखि बेवारिसे अवस्थामा भेटिएकी महिलाको उद्दारमा ढिलाई हुँदा ज्यान गएको स्थानीयले बताएका छन्।