गुल्मी कारागारमा रहेका कैदिहरुलाई खेलकुद र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण

तम्घास ,

असार ६- गुल्मी कारागारमा रहेका कैदिहरुलाई खेलकुद र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका –६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय माता पशुपति कुँवरको सम्झनामा कारागारका बन्दीहरुलाई कोरोना भाइरसको सङक्रमणबाट बच्न ५०० पिस सर्जिकल मास्क,५ लिटर सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री शनिबार हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंग गुल्मीका उपाध्यक्ष रेशम कुँवरले जानकारी दिनुभयो । त्यस्तै, कैदिहरुपनि स्वस्थ र निरोगि बन्न सकुन भन्ने उद्धेश्यका साथ व्याटमिन्टन ४ पिस, लुडो खेल ४ सेट , चेस १ सेट, व्याटमिन्टन कक १ डव्वा, भलिबल १ सेट, बल भर्ने पम्प १ सेट लगाएतका सामाग्रि हस्तान्तरण गरिएको उपाध्यक्ष कुँवरले बताउनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले कोरोना भाइरसका कारण विश्व नै आक्रन्त भैरहेको समयमा कसैको पनि नजर जान नसकेको समयमा जिल्ला कारागारका बन्दीलाई बिदेशमा भए पनि सम्झिएर पुण्य काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
त्यस्तै बन्दीलाई स्वास्थ्य सामाग्रि र खेलकुद सामाग्री हस्तान्तरण गरेकोमा जिल्ला कारागार गुल्मीका बन्दी (नाइके) यमबहादुर सुर्यवंसिले रामचन्द्र कुँवर र हस्तान्तरण गर्ने नेपाली कांग्रेस गुल्मीलाई धन्यवाद दिनुभएको थियो ।

You might also like