अनिल खत्री
६ असार, गुल्मी – जनता समाजवादी पार्टी जिल्ला सचिवले पार्टी परित्याग गरेको छन् । जनता समाजवादी गुल्मी जिल्ला सचिव जनक पन्थले पार्टी परित्याग गरेका छन् ।आइतवार एक बिज्ञप्ति जारी गर्दै पन्थले लामोसमयदेखि क्रियाशील रहेको जनता समाजवादी पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जनता समाजवादी सचिव रहेका पन्थ पार्टीका प्रभावशाली नेतृत्व हुन् ।उनको पार्टी परित्याग घोषणाले पार्टीलाई ठूलो क्षति पुग्नेछ । उनले कुनैपनि पार्टीमा नरहेपनि आफुले गर्नसक्ने समाजसेवामा समर्पित हुने उल्लेख गरेका छन् ।समाजसेवामा सदैब सहयोगको अपेक्षा समेत गरेका छन् । पछिल्लो समयमा राजनीति भनाइ र गराइमा फरक हुदै आएपछि राजनीतिमा अस्थिरता हुने गरेको छ ।पन्थ गुल्मी जिल्लामा विभिन्न सामाजिक संस्थामा रहेर दुखि पिडितहरु सेवामा सहयोग गर्दै आएका छन् ।