कृष्ण अन्जान
रुरु,असार ६ – कोभिड सँक्रमणका भयावहता भित्र धेरै क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष असर गरेको छ ।
शहर होस या गाउँ जताततै सुन्यता र सन्नाटा छ ।मान्छे एक अर्काका नजिक जान डराउँछन ।आफन्त हुन या पराई कसैको घरमा कोहि जाँदैन । लाखौं कामदारको राजगारी खोसिएको छ । गाउँ र शहरका कति परिवार करिब भोकै छन उनको चुल्हो बल्यो कि बलेन कस्ले बुझ्ने ? कोभिड सँक्रमणको भयावहता भित्र रुरुक्षेत्रका केही केही मन हरु भने विपन्न परिवारका चुल्हो बाल्न एकमुठि चामल र एक दिउरी तिहुनको जोहो गरिदिन रातदिन एकोहोरो खटेपनि पनि चर्चामा भने छैनन । रुरुक्षेत्र गाउँ पालिका वडा न ४ बलेटक्सारका रन्जित ज्ञवालीलाई के पानी के घाम विपन्न परिवारका घरघरमा राहत बोकेर हिँड्दा पटक्कै थकाई लागेको छैन ।
रन्जित उमेरले अनुभवले साना मान्छे हुन ।स्थानिय ज्ञवा बलेटक्सार माध्यमिक विध्यालयमा कक्षा १० मा अध्ययन गर्ने रन्जित ज्ञवालीमा सायद पारिवारिक सँस्कारले होला समाज सेवा र मानवियता को भावना भरिएको छ ।उनी सहित उनका समकक्षि साथिहरुको पहलमा रुरुक्षेत्रमा यसै वर्ष खोलिएको सरस्वती माता फाउण्डेसनले समाजसेवा र मानवियतामा अव्वलता कायम गर्न सफल भएको छ ।

निस्वार्थ भावना भित्र मानविय समवेदनाले ओतप्रोत सरस्वति माता फाउण्डेशनका साना बाबू नानी हरुको यो प्रयासमा कसैको आँखा पुगेको छैन । बोराभरि चामल अक्सिजनका साना सिसी दाल चामल तेल लगाएतका सामाग्री बोकेर कोभिडले चुल्हो नबालेका घरहरुमा ती साना बाबू नानी हरु कसरी पुगेका छन उनिहरुले राहतको जोहो कसरी गरिरहेका छन कसैले उनिहरुलाई सोधेको छैन ।एउटा अक्सिजन सिलिन्डर दिँदा सराद्दमा गोदानमा एकजनाको हात अरुले छोएझैँ छोएर सस्तो लोकप्रियताका लागि फोटो खिचाउने सामाजिक अभियन्ता धेरै छन तर गाउँघरमा रोजगारी खोसिएर भोकभोकै बस्न विवसलाई एकमुटी सास धानिदिन घरघरमा पुग्ने रन्जित प्रवेश मनिश अनिश दिपेन्द्र पिताम्वर अनिल हरुलाई हौसला र सहयोगका हात कसैका बढ्दैनन ।
रुरुक्षेत्र ३ का कुल बहादुर बिक र चन्द्रि विक ,रुरु ४ का राम बहादुर क्षत्रि ,बम्घा ५ का चिरन्जिवि ज्ञवाली बलेटक्सार ४ का यम बहादुर विक रुरु १ का बिक्रम विक र उनिहरुका परिवारको आशिक यतिवेला रन्जित ज्ञवालीको सरस्वति माता फाउण्डेशनको टिमले पाई रहेको छ ।यो दुखमा साह्रै ठुलो गुन लगाउनु भयो ती बाबू हरुले सधै राम्रो होस भगवान ले सधै राम्रो गरून रुरुक्षेत्र ३ कि चन्द्रि विकले आशिक दिईन ।

चन्द्रि विक त प्रतिनिधि पात्र मात्र हुन रुरुक्षेत्रका दर्जनौँ परिवारका सदस्य हरुले यतिवेला यी साना बालक हरुलाई मनभित्रै बाट आशिक दिएका छन ।हुने विरुवाको चिल्लो पात भन्छन रन्जित प्रवेश अनिश मनिष अनिल दिपेन्द्र पिताम्वर र अनिलाई नपुग्दो केही छैन तर अरुका लागि पनि केही गर्नु पर्छ भन्ने भावना ओतप्रोत छ ।यतिवेला समाजसेवामा खडेरी परेको छ तर यहि खडेरी भित्र भोलीका लागि मिठो सँभावना बोकेर यी बालक हरु खटेका छन ।नयाँपिँढि भएपनि उनिहरु भित्र समाज सेवा र मानवियताको भावना मात्र छैन यहि रफ्तारमा उनिहरु अगाडी बढे हात मिलाउने र बात मिलाउने राजनैतिक सँस्कार बोक्ने हरुका अगाडी वास्तविकताको धरातलमा उभिएका रन्जित र प्रवेश हरुले रुरुक्षेत्रमा नेतृत्व गर्न सक्षम बन्ने कुरामा विश्वास मात्र होइन विश्वस्त हुन सकिन्छ ।