राधा पोख्रेल
असार ७ ,तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन परिक्षण गर्दा १५ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
रेसुंगा नगरपालीकामा ३ जना, इस्मा गाउपालीकाका ४ जना, सत्यति गाउपालीकामा ३ जना, मुसिकोट नगरपालीकामा १ जना,धुर्कोट गाउपालीकामा १ जना,चन्द्रकोट गाउपालीकामा २ जना र रुरुक्षेत्र गाउपालीकामा १ जना गरि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४घण्टामा २३ जना निको भएर डिस्चार्ज भएका छन ।जिल्लामा संिक्रय संक्रमित १९६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।