चुरामणि तिमिल्सिना
रिडि,असार ८
गुल्मीको रुरुक्षेत्र गाउँ पालिका वडा नम्बर ४ ले कृषकहरुलाइ सुन्तलाका विरुवाहरु वितरण गरेको छ।
वडा नम्बर ४ मा पहिलो चरणको कार्यक्रम अन्तर्गत केही विशेष क्षेत्र लाई किटान गरि यो अभियान सुरु गरिएको वडा न ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीले बताउनु भयो। अध्यक्ष ज्ञवालीले वडा न४ मा आफुहरुजन प्रतिनिधि भएर आय पछी विशेष प्राथमिकता साथ यो वडालाइ सुन्तलाको नाम बाट पहिचान गराउन लागि पर्दै यस बर्ष पनि किसान बर्गहरुको २४ लाख र पालिकाको २४ लाख गरि४८ लाखको कार्यक्रम अनुसार बिरुवाहरु आबस्यक उपकरणहरु तथा मलहरु उपलब्ध गराइयको बताउनु भयो । यस वडामा ज्ञवा, आरुनटोला , थप्लुङ, यस्तै रानिबास, नुनथला काब्रे हर्दै मुसिडाडामा यो कार्यक्रम सन्चालन गरिएको छ ।
पालिकाले १ वडा १ उत्पादन पकेट क्षेत्र कार्यक्रम सन्चालन गर्दा किसानहरुलाइ प्रत्यक्ष फाइदा पुगेको वैदेशिक रोगाजामा हुमिएका युवाहरु राहादानिलाइ त्याग्दै सक्रिय रुपमा समुह बनाइ काम गरिरहेको देख्दा गरे केहुन्न र भन्ने उदाहरण यस वडाले देखायको बिरुवा बितरण गर्न पुग्नुभएका वडा सदस्य मोति श्रेष्ठले बताउनु भयो ।किसान बर्गहरुले आफुहरुलाइ यस्ता कार्यक्रमले फाइदा पुगेको भन्दै पालिकालाइ धन्यवाद समेत दिएका थिए । यसरी सुन्तला पकेट क्षेत्र आगामी ३ बर्ष पछी भ्रमण गर्न मिल्ने खालको बनाउन किसानहरुलाई प्राबिधिक सल्लाह पनि दिइरहेको छ ।