चुरामणि तिमिल्सीना
रिडि,असार ११ – रुरुक्षेत्र गाउँपालिका गुल्मीले आगामि अर्थिक बर्ष 20७८ -७९ को लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेबि पन्थले आर्थिक बर्ष 20७८ -७९ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो। उपाध्यक्ष पन्थले सार्बजनिक गर्नुभएको निति तथा कार्यक्रम स्वागतयोग्य भएकोभन्दै सर्बसम्बत रुपमा पारित गरिएको थियो । बिहिबार नै रुरुक्षेत्र गाउँपालिकाको १०औं साधारण सभाबाट आगामी आर्थिक बर्ष २०७८-७९को लागि रु ४८ करोड ५२ लाख ३४,हजारको बजेट पेस गरिएको छ ।

असार २३ गते सभाको अर्को बैठक बस्नेछ । गाउपालीकाले शिक्षा, स्वास्थ्य, खानेपानी ,रोजगार , सडक ,निर्माण ,सम्पदा निर्माण , युवा रोजगार , कोभिड रोग नियन्त्रण , विभिन्न सचेतना अभियान लगायतमा जोड दिएको छ ।

पालिकाका अध्यक्ष निलकण्ठ गौतमको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रशासकिय अधिकृत छत्र बहादुर अधिकारी , निर्बाचित जन प्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु , राजनैतिक दलका प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।