चुरामणि तिमिल्सीना
असार ११ – पर्यटक देखि कृयापुत्रिसम्मको लागि प्रयोग हुने परालका विभिन्न आकर्षक सामाग्रीहरु बनाउन गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ कि दिपिका थापालाई भ्याइनभ्याइ छ ।

घरेलु कार्यालय तम्घास र मेडपाको सहयोगमा आफ्नै घरदैलोमा तालिम लिएर यि सामाग्री बनाउन आफु सक्षम भएको दिपिकाको भनाइ रहेको छ । विद्यालय सन्चालन हुँदा पढाउन पुग्ने र खालि समय हुँदा सामाग्री बनाउने गरेको दिपिकाले बताउनु भयो। गाउँमा नै यस्को लागि चाहिने आवश्यक कच्चा सामाग्री पाइने भएकोले अन्त धेरै टाढाबाट ल्याउन नपर्ने दिपिकालाइ साथ दिने आमा शान्तिको भनाइ रहेको छ।

आफ्नो परिवारले बिहान देखि साझ पाँच बजे सम्म परालका विभिन्न आर्कषक सामाग्रीहरु बनाउने गरेको बताउनु भयो । मासिक रुपमा खर्च कटाइ झन्डै २० हजार देखि माथि आम्दानी गर्दै आएको दिपिकाको भनाई छ । पालिका तथा अन्य सस्थाले मुडा बुन्ने तालिम,अचार बनाउने, मम बत्ति तालिम, दुना टपरि बनाउने, ढाका बुन्ने ,सुइटर बुन्ने ,फाइबर झोला निर्माण जस्ता झन्डै १ दर्जन भन्दा माथि तालिम सन्चालन गरिएको थियो।

तालिमले साना आम्दानी हुने महिला दिदिबहिनिहरुलाइ आय आर्जनमा टेवा पुगेको आफुलाइ महसुस भएको वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिकले वताउनु भयो। तर यो परालको तालिम दुइ पटक मात्र सन्चालन गरिएको थियो त्यहाँ सिकेका सिपले आज रोजगार नै सिर्जना गरेको छ यति मात्र हैन पालिकाले ढाका बुन्ने तालिम समेत सन्चालन गरेको हो ।

यसैअन्तर्ग रुरु ६ रिमुवामा सुइटर बुनाइ पनि प्रभावकारि भएको छ ।अहिले सिमित दिदिबहिनिहरुले काम गरिरहेका छन । यस्तो आफ्नो सिपलाइ दीर्घकालीन रुपमा अगाडी बढाउन पालिकाको सहयोगमा कमि नगर्ने रुरु क्षेत्र गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मीदेवि पन्थले बताउनु भयो । आगामी तालिमहरु सन्चालन गर्दा आयआर्जनमा अझ थप गर्ने तालिमहरु सन्चालन गर्ने योजनाहरु अगाडी बढाइएको उपाध्यक्ष पन्थले बताउनुभएको छ ।