अनिल खत्री
१२ असार, गुल्मी – उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाइ दिन सबैसंग सहयोगको याचना गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ४३ वर्षका मृगौला पिडित रणबहादुर श्रेष्ठले सहयोगको याचना गरेका हुन् ।आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि श्रष्ठले ज्यान जोगाउन सहयोग मागेका हुन । दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका श्रेष्ठ बिगत ११ महिनादेखि अस्पतालमा उपचारत छन् ।धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछि गत वर्षको जेठमा घर फर्किएका हुन । मृगौला पिडित श्रेष्ठको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन ।श्रेष्ठसंगै उनकी पत्नी र २ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् ।
श्रेष्ष्ठले गतवर्षको भदौदेखि काठमाडौंमा उपचार गराउदै आएका थिए । तर पछिल्लो समय यता काठमाडौं जान आउन धेरै खर्च लाग्ने भएपछि गौतम बुद्ध डाइलोसिक पाल्पामा हरेक हप्ताको दुई पट्क डाइलोसिस गराउदै आएका छन् ।चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् ।उपचा।मा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । पिडित श्रेष्ठ परिवारको रोजीरोटिका लागि रोजगारिका शिलसिलामा छिमेकी मुलुक भारत आउजाउ गर्दै आएका थिए ।उनलाई सहयोग गर्नेहरुका लागि नम्बरमा ९८४९९१०८८० गर्न सकिनेछ ।