गुल्मी,
असार १२ – गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउपालीका वडा नम्बर ४ सिमाघाट चिल दमाई खोलामा माछा मार्ने क्रममा डुबेर जैशीथोक बस्ने २१ वर्षका मदन घर्ति मगरको आज साझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । डुवेको खबर हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरिक्षक लोकमान ताम्राकारको कमाण्डमा २ जना र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट थप अनुसन्धानको लागि प्रहरी निरिक्षक सन्तोष चन्दको कमाण्डमा ५ जनाको टोलि खटिएको छ ।