चुरामणि तिमिल्सीना
रिडि,असार १२ – स्मार्ट गाउँ कार्यक्रम अन्तर्गत गुल्मिको रुरुक्षेत्र गाउँ पालिका वडा नम्बर ५ मा बम्घा टाहाटिम आलु तरकारी पकेट समुहले कृषि सामाग्री वितरण गरेका छ ।

औपचारिक कार्यक्रमका साथ यस समुहले पहिलो चरणको बजेटबाट १० जनालाइ मिनि टेलर , १० थान स्थायि टनेल , १० थान डिजिटल तराजु वितरण गरेको सचिब मेघराज गिरिले जानकारी दिनु भयो।

वितरण समारोहमा समुहका अध्यक्ष चेतनाथ श्रेष्ठको अध्यक्षता ,गाउपालिकाका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता, वडा नम्बर ५ का वडाध्यक्ष हरि प्रसाद ज्ञवाली , जनबोध माध्यमिक बिध्यालयका प्रधानाध्यापक राम प्रसाद श्रेष्ठको विशिष्ट आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष गौतमले यो भेग भौगोलिक हिसावले अत्यन्त महत्त्वपूर्ण भएकोले हरेक किसिमका तरबारी वालि लगाउन सकेमा किसानलाई फाइदा हुने बताउनु भएको थियो ।यस्तै विशिष्ट अतिथि अध्यक्ष ज्ञवालीले यस कार्यक्रमले न्युन आय भएका परिवारलाई प्रत्यक्ष फाइदा पुग्ने र बजेटलाइ समयमा निश्चित ठाउमा लगाउन सकेमा कार्यक्रम फाइदा जनक भएको बताउनु भएको थियो । कार्यक्रमको सन्चालन सचिब मेघराज गिरिले गर्नुभएको थियो ।