नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बस्दैछ।यसअघि पटकपटक स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ।बैठकमा माधव नेपाल पक्षसँग भइरहेको सहमतिको प्रयासका विषयमा समेत छलफल हुने जनाइएको छ।यस्तै पार्टीको महाधिवेशनअघि नै विधान महाधिवेशन गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।