क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा देउवाले बैठक बोलाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा मुख्यगरी क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता छानबिनका क्रममा देखा परेका समस्या सुल्झाउन मापदण्ड तयार पारेको मापदण्डका विषयमा छलफल हुनेछ ।
कांग्रेसले १४ औँ महाधिवेशनका लागि ८ लाख भन्दा बढी क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ । १० लाख सदस्यता पुर्याउने कांग्रेसको लक्ष्य छ ।
क्रियाशील सदस्यतासम्बन्धी काम टुंग्याएर सभापति शेरबहादुर देउवालाई बुझाउन केन्द्रीय कार्यसमितिले २० गतेसम्मको समय क्रियाशील सदस्यता छानबिन समितिलाई जिम्मेवारी दिएको छ । अहिलेसम्म ५० जिल्लाका मात्र सदस्यता सार्वजनिक गरिएको छ ।