गुल्मी ,राधा पोख्रेल
असार १४ – गुल्मीमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा १५ जना र एन्टीजेन परिक्षण गर्दा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।सत्यवति गाउपालीकामा १५ जना,मुसिकोट नगरपालीकामा ७ जना, रुरुक्षेत्र गाउपालीकामा ७ जना, गुल्मीदरबार गाउपालीकामा ७ जना, रेसुंगा नगरपालीकामा ३ जना,र धुर्कोट गाउपालीकामा १ जना गरि ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २३ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ३१९ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९० जनाले ज्यान गुमाएका छन ।