गुल्मी ,राधा पोख्रेल
असार १८,तम्घास – पछिल्लो समय नेपालमा दैनिक कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो । गुल्मीमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा ४० जना र एन्टीजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । छत्रकोट गाउपालीकामा २३ जना ,इस्मा गाउपालीकामा १५,मुसिकोट नगरपालीकामा १० जना,गुल्मीदरबार गाउपालीकामा ९ जना,रुरुक्षेत्र गाउपालीकामा ७ जना,रेसुंगा नगरपालीकामा ६ जना, सत्यवति गाउपालीकामा ४ जना, चन्द्रकोट गाउपालीकामा १ जना र मदाने गाउपालीकामा १ जना गरि ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३५ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ४१८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउपालीका वडा नम्बर ५ की ४० वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन । यसैबिच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५१ जना निको भएर घर फर्किएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा थप ३४ संक्रमितको मृत्यु भएको छ ।