राधा पोख्रेल,
तम्घास ,असार १९ – गुल्मीमा पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा २८ जना र एन्टीजेन परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । मालीका गाउपालीकामा ३० जना,चन्द्रकोट गाउपालीकामा १८ जना,रेसुंगा नगरपालीकामा ७ जना,रुरुक्षेत्र गाउपालीकामा ५ जना, कालीगण्डकी गाउपालीकामा ५ जना,छत्रकोट गाउपालीकामा २ जना,धुर्कोट गाउपालीकामा १ जना र गुल्मीदरबार गाउपालीकामा १ जना गरि ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमित ४ सय ८७ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।