प्रधानमन्त्री केपी शर्मा ओलीले,फैसलाको भोलिपल्ट असाधारण निर्णय लिने
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको केन्द्रीय कमिटी बैठकमा सर्वोच्चको फैसला आएकै भोलिपल्ट एमालेको जीवनमा असाधारण निर्णय लिने जानकारी गराएका छन्।
उनले शनिबारको केन्द्रीय कमिटी बैठकमा सर्वोच्चले संसद विघटनसम्बन्धी फैसला गरेको भोलिपल्ट ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने र त्यही बैठकबाट पार्टीका लागि असाधारण निर्णय लिने जानकारी गराएका हुन्।
बैठकमा प्रधानमन्त्री ओलीले उक्त असाधारण निर्णय के हो भन्नेबारे खुलाएका छैनन।