बलिउडका महान हस्ती दिलिप कुमारको निधन भएको छ ।
मुम्बईस्थित हिन्दुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।
सास फेर्न गाह्रो भएपछि जुन ३० मा उनलाई हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो ।
दिलिप कुमार सन् १९२२ मा पेशावरमा जन्मिएका थिए । पेशावर अहिले पाकिस्तानमा पर्दछ । सन् १९४४ मा रिलिज भएको फिल्म ज्वार भाटाबाट उनले फिल्मीक्षेत्रमा प्रवेश गरेका थिए ।
दिलिप कुमारले आफ्नो करिअरमा ६५ भन्दा धेरै फिल्ममा अभिनय गरे । उनलाई बलिउडका पुराना र प्रख्यात कलाकारको रूपमा चिनिने गरिन्छ ।
उनले पद्यविभुषण, पद्य भुषणजस्ता प्रतिष्ठित अवार्ड पाइसकेका छन् ।