गुल्मी र पाल्पाका २ बिध्यालय र ४५ शिक्षक उत्कृष्ट
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले गुल्मी र पाल्पाका २ बिध्यालय र ४५ शिक्षकलाई उत्कृष्ट छनौट गरेको छ ।
सामाजिक विकास डिभिजन कार्यालयको २०७७ ०७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार असार १३,१४ र १५ गते प्रकासित सुचना अनुसार छनौट गरि पुरस्कृत गरेको हो ।

गुल्मीको सिद्धबाबा मा बि तम्घास र पाल्पाको उद्धबुद्ध मा बि पुर्वखोला उत्कृष्ट बिध्यलय छनौटमा परेका छन ।
शिक्षकहरु तर्फ गुल्मीको रिडी मा बिका प्रअ रोहित भण्डारी शिक्षक टिकाराम पौड्याल , जनबोध मा बिका प्रअ रामप्रसाद श्रेष्ठ, आदर्श मा बिका प्रअ गुणकर ज्ञवाली, सत्यवती मा बिका प्रअ गिरिराज शर्मा, उदय मा बिका ईश्वरी प्र सुबेदी,श्यामलाल गौतम, हरि प्र न्यौपाने,
सिद्धबाबा मा बिका युवराज अर्याल,उपल्लो तम्घास मा बिका पिंकी घिमिरे भुषाल,घोर्ले मा बिका बिष्णुराज गिरी, जिबनोद्धार मा बिका रमेश पराजुली,प्रेमबहादुर थापा, गोबिन्द गौतम, मालिका मा बिका खिमबिक्रम जिसी, अर्जै मा बिका इश्वरी अर्याल,नेटादर्लिङ्ग मा बिका पमलाल अर्याल,रामराज्य मा बिका जगत बहादुर खड्का,हिमालय मा बिका दधिराम पन्थी, जगतबहादुर खत्री, दिपक मा बिका तारा ब राउत क्षेत्री,पृथीबी मा बिका खिम ब कुँवर, धनिश्वर अयाल र अन्य २२ जना पाल्पाका बिभिन्न बिध्यालयका शिक्षक उत्कृष्ट छनौट हुनु भएको छ । छनौट भएका सबैलाई असार ३० गते पाल्पामा पुरकृत गरिने बताईएको छ । छनौट भएका २ बिध्यालय र ४५ शिक्षकलाई रुरु एफ एमबाट हार्दिक बधाई ज्ञापन गर्दछौ ।