गुल्मीको गुल्मीदरबार गाउपालीका वडा नम्बर २ जुभुङका बिभिन्न स्थानमा चोरी
गुल्मीको गुल्मीदरबार गाउपालीका
२५ असार
गुल्मीको गुल्मीदरबार गाउपालीका वडा नम्बर २ जुभुङका बिभिन्न स्थानमा गयराती चोरी भएको छ ।
जुभुङमा रहेको सुर्योदय माध्यमिक बिद्यालय , वडानम्बर २ को वडा कार्यालय , महाकाली निम्न माध्यमिक बिद्यालय , तिल बहादुर रजालीको पसल, रमेश रानाको पसल, चुर्ण प्रसाद श्रेष्ठको घर बाट नगद र चुर्ण प्रसाद श्रेष्ठको घरबाट २ वटा मोवाइल चोरी भएको सुर्योदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक सन्तोष गौतमले जानकारी दिनुभयो ।
सुर्योदय माध्यमिक बिद्यालयको सिसिटिभिमा चोरीमा संलग्न १ जना देखिएको उहाले बताउनुभयो ।
घटना भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको तर यो समाचार तयार पार्दा सम्म त्यहा प्रहरी नपुगेको प्रधानाध्यापक गौतमले बताउनुभयो ।