गुल्मीमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि
गुल्मी ,राधा पोख्रेल
असार २५ ,तम्घास
गुल्मीमा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ३२ जना र एन्टीजेन परिक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीकोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
रेसुंगा ८ जना, मुसिकोट १ जना, कालीगण्डकी १ , चन्द्रकोट ४ ,रुरुक्षेत्र १६ ,छत्रकोट १३ ,गुल्मीदरबार ५ जनागरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा संक्रिय संक्रमित ५ सय २८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।