आर्थिक वर्ष २०७७ ७८ को भुक्तानी असार ३० गतेसम्म नै हुने
आर्थिक वर्ष २०७७/७८ को भुक्तानी असार २४ गते भित्रेै गर्नुपर्ने बताएपछि सेवाग्राहीहरुको बिभिन्न कार्यालयहरुमा भिड लागेको थियो ।
तर आर्थिक वर्ष २०७७/७८ को भुक्तानी असार ३० गतेसम्म नै हुने भएको छ ।असार ३० गतेसम्म भुक्तानी लिनको लागि कोष तथा लेखा नियन्त्रण कार्यालय कोलेनिका बाट मात्रै भुक्तानी लिनुपर्ने भएको छ ।
आर्थिक मामीला तथा योजना मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बाबुराम अधिकारीले असार ३० गतेसम्म कोष तथा लेखा नियन्त्रण कार्यालय कोलेनिका बाट मात्रै भुक्तानी लिन सकिने बताउनुभएको छ ।
भुक्तानी लिनको लागि सेवाग्राहीले केहि गर्नुनपर्ने सबै व्यवस्था सम्बन्धीत कार्यालयलेले गर्ने उहाले बताउनुभएको छ ।