कृष्ण अन्जान
रुरु ,असार २६ – गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको रिडीमा रहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा अत्याधुनिक डिजीटल एक्सरे मेसिन जडान गरिएको छ ।

पाँचसय एम्पेएरको यो डिजिटल एक्सरे मेसिन रुरुक्षेत्र गाउँ पालिकाको पहलमा लुम्बिनी प्रदेश सरकार बाट उपलब्ध भएको रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख समेत रहनु भएका डाक्टर विकास पन्थीले जानकारी दिनु भयो ।

अत्याधुनिक डिजीटल एक्सरे मसिन जडान भएसँगै ढाड कम्मर टाउको लगाएत शरिरका अन्य भागहरुको स्पष्ट एक्सरे आउने र अब अत्याधुनिक एक्सरेका लागि बुटवल पाल्पा लगाएतकामा जानू नपर्ने भएको छ ।

रुरु प्राथमिक स्वास्थ केन्द्रमा जडान गरिएको डिजिटल एक्सरे मसिन कलर डोप्लर सहितको रहेको डाक्टर पन्थीले बताउनु भयो ।

गुल्मी पाल्पा र स्याङ्जाको सँगम स्थल रिडीमा रहेको रुरु प्राथमिक स्वास्थ केन्द्र अत्यधिक बिरामीको चाप हुने ठाउँ भएकाले अत्याधुनिक एक्सरे मेसिन जडानको आवस्यकता रहेको थियो ।