चुरामणी तिमिल्सिना
रिडि,असार २६- कृषि विकास बैक रिडी शाखाले रुरुक्षेत्र ऋषीकेश मन्दिरलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मन्दिर व्यवस्थापन समितिको सचिवालय निर्माण कार्यको लागि रु ६० हजार रुपैयाँ औपचारिक समारोहकाबीच व्यवस्थापन समिती परिवारलाई हस्तान्तरण गरेको बैंकका प्रवन्धक डोलराज पाठकले जानकारी दिनुभयो।
औपचारिक कार्यक्रममा मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराई उपाध्यक्ष तुल्सी देवि श्रेष्ठ, सचीव पुजारी पदम प्रसाद भट्टराई , कोषाध्यक्ष भानुभक्त पाण्डे , सदस्य तारा प्रसाद सुवेदी शंकर ढेगा , सुरक्षा निकाय तथा बैंकका कर्मचारी लगायतको सहभागीता रहेको थियो।
सहयोग बुझ्दै अध्यक्ष भट्टराईले धार्मिक क्षेत्रमा सहयोग प्रदान गर्नुभएकोमा धन्यवाद दिदै आगामी दिन्हरुमा पनि यस्तै रचनात्मक कार्यमा बैंकको ध्यान जाने छ र प्रचार प्रसार पनि हुने जोड दिनुभएको छ ।