नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दैहुनुहुन्छ ।
उहाले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न छोड्न लाग्नु भएको हो। बालुवाटारबाट उहा निजी निवास बालकोट जानुहुनेछ ।एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने बताईएको छ ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त हुनुभएको हो । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हाल्नु भएको छ।