लामो दूरीका सवारीसाधनको भाडा बढ्यो
सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थ बढेकाले भाडादर वृद्धि गरेको जनाएको छ।
विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा २६ प्रतिशतले बढेको छ।
यसैबीच सरकारले यही साउन १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेको छ।