राधा पोख्रेल
साउन ३ , तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा २ जना र एन्टिजेन परिक्षण गर्दा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।रुरुक्षेत्र गाउपालीकामा २१ जना, कालीगण्डकी गाउपालीकामा ४ जना,चन्द्रकोट गाउपालीकामा २ जना र छत्रकोट गाउपालीकामा १ जनागरि २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जिल्लामा संक्रिय संक्रमित ३ सय ८८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा ८४ जना डिस्चार्ज भएका छन ।जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।