इजरायल रोजगारी

न्यूनतम तलब १६ सय डलर करिब २ लाख नजिक ।

इजरायल रोजगारी

इजरायल जान आवेदन माग, तत्काल १ हजार लगिने

नेपालले सूची तयार गर्ने, कामदार इजरायलले छनोट गर्ने ।

१ लाख ६५ हजार लागत खर्च ।

न्यूनतम तलब १६ सय डलर करिब २ लाख नजिक ।

छानिएको कामदारले ५ वर्षसम्म काम गर्न पाइने।

कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य ।

पहिलो चरणमा एक हजार जना नेपाली लैजाने

७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने ।

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको काम ।

कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुष ।

इजरायलको भर्ना प्रक्रियामा निजी क्षेत्र ९म्यानपावर कम्पनी०को संलग्नता छैन ।

कामदार छनोट र भर्ना प्रक्रियामा नेपालको तर्फबाट वैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एण्ड इमिग्रेसन अथोरीटी (पीआईबीए)को संलग्नता रहनेछ ।

कामदारले स्याहार केन्द्रमा काम गर्नुपर्ने ।

इजरायल जान पाउने नपाउने मापदण्ड

सरकारले इजरायल जानका लागि कामदारको मापदण्ड तोकेको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्नेछ । अंग्रेजी भाषाको ज्ञान भए पुग्नेछ । कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिनाको तामिलप्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउने ।

तर, इजरायलमा काम गरी फर्केका र बुबाआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाका परिवारका सदस्य भने जान पाउने छैनन् । लागूपदार्थ वा मादक पदार्थ दुव्र्यवसनमा लागेको व्यक्ति पनि छनोट मापदण्डभित्र पर्ने छैनन् ।

नेपालले सूची दिने इजरायलले छान्ने

विभागले आफूद्वारा तोकिएको अनलाइनबाट आवेदन लिनेछ । आवेदकबाट प्राप्त कागजातलाई छानबिन गरी विभागले योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृति गर्नेछ । महानिर्देशकको संयोजकत्वमा छनोट समिति बनाइएको छ ।

दरखास्त स्वीकृति भएका उम्मेदवारको सूची तयार गरी विभागले छनोट समितिसमक्ष पेस गर्ने छ । उनीहरुलाई अंग्रेजी भाषा परीक्षणमा सहभागी गराइनेछ । लिखितमा उत्तीर्ण भएकालाई मात्रै मौखिक परीक्षामा सहभागी गराइनेछ, छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त माग सख्याभन्दा पच्चीस बढी उम्मेदवारको नामवली तयार गरी विभागले पीआईबीएलाई पठाउनेछ । परीक्षाका लागि विभागले पाठ्यक्रम तयार गरेको छ ।

पीआईबीएले छनोट गरी पठाएको व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता गराउनेछ । रोजगारदाताले तीनप्रति रोजगार सम्झौतापत्रमा हस्ताक्षर गरी छनोट भएको व्यक्तिको हस्ताक्षरको लागि विभागमा पठाउनेछ । त्यसमा एकप्रति रोजगारदातालाई, एकप्रति सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई एकप्रति अभिलेखका लागि विभागले आफैले राख्नेछ ।

श्रम सम्झौता तथा कार्यान्वयन सम्झौताबिमोजिम कामदार पठाउनका लागि छनोट प्रक्रियालाई सहजीकरण गर्न र आवश्यक निर्देशन दिन श्रम सचिवको संयोजकत्वमा एक निर्देशक समिति बनाएको छ । जसमा परराष्ट्र, कानुन, श्रम मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार विभागका महानिर्देशक छन् ।

You might also like