गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

राधा पोख्रेल
साउन १५, तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा २ जना र एन्टीजेन परिक्षण गर्दा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका सिआइसिटि अफिसर सुजन ढकालले जानकारी दिनुभयो । सत्यवति गाउपालीकामा ५ जना,रुरुक्षेत्र गाउपालीकामा ४ जना, मालीका गाउपालीकामा २ जना र रेसुंगा नगरपालीकामा १ जनागरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमित ४ सय ०९ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९२ जनाले ज्यान गुमाएका छन ।

You might also like