छत्रकोट कृषि तथा पशु विशिष्टिकृत सहकारि सङ्घ लिमिटेड गुल्मीको रोपाई कार्यक्रम सम्पन्न

छत्रकोट कृषि तथा पशु विशिष्टिकृत सहकारि सङ्घ लिमिटेड गुल्मीको रोपाई कार्यक्रम सम्पन्न भएको छ ।

सङ्घका अध्यक्ष शंकरप्रसाद पन्तको अध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथि गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तले उत्पादन आजको मुख्य आवश्यकता भएकोले चक्लाबन्दि कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

उत्पादन निर्यात भएर आयआर्जन भए पछि अभियान सार्थक हुने उहाको भनाई थियो । कार्यक्रममा गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारी ,प्रमुख प्रशासकिय अधिकृत पुण्य पौड्याल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका प्रमुख नारायण काफ्ले, वडा नम्बर ४ का वडाध्यक्ष डिलाराम न्यौपाने , ं वडा नम्बर ६ का वडाध्यक्ष थम्मन ज्ञवालि, सामुदायिक बन उपभोक्ता महासंघका ठाकुर भण्डारी , लेखा समिति संयोजक नरपति काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उपाध्यक्ष भुपाल ज्ञवालिको स्वागत मन्तव्यसगै सुरु भएको कार्यक्रमको संचालन सचिब बिष्णु पौडेलले गर्नुभएको थियो ।

You might also like