
सुपाखोला देबिदेउरली मन्दिर गौडाकोट गुल्मीको एक समारोहका बिच उद्घाटन गर्दै सार्वसाधारणको लागि खुल्ला गरिएको छ ।

गुल्मीदरबार गाउँपालिका वडा नं. ३ गौडाकोट निदुरमा रहेको प्रसिद्ध सुपाखोला देबिदेउरली मन्दिर नयाँ ठाउँमा नव निर्माण गरि उद्घाट गर्दै सार्वसाधारणको लागि खुल्ला गरिएका होे ।
गाउँपालिका वडा कार्यालय बिभिन्न संघ संस्था र श्रद्धालुहरु बाट सहयोग संकलन गरि नयाँ मन्दिर निमार्ण गरिएको थियो ।
उद्घाट कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष मिना भण्डारीले निर्माणकार्यको प्रसंसा गर्दै मन्दिरको प्रचारप्रशार आवस्यक रहेको बताउनु भएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले मन्दिर निर्माण प्रति खुसी ब्यक्त गर्दै मन्दिरलाई अझै ब्यवस्थीत गरि धार्मिक पर्यटनमा टेवा पुर्याउन सकिने बिचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उबासंघगुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी, वडा अध्यक्ष क्याप्टेन बलबहादुर थापा, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा सचिब कुलबहादुर सराङ्गकोटीले स्वागत गर्नु भएको थियो । कार्यक्रम स्थनिय छबबहादुर टण्डनले संचालन गर्नु भएको थियो ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापती निमबहादुर थापाले निर्माणमा सहयोग गर्नुहुने सुभेक्षुक एवं उपस्थीत सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
सुपाखोला देबिदेउरली मन्दिर यस क्षेत्रको प्रसिद्ध मन्दिर हो । मन्दिर उद्घाटन र आफ्नो जन्मदिनको अवसरमा गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले रु ५५५५ सुपाखोला देबिदेउरली मन्दिरलाई उपलब्ध गराउनु भएको थियो ।