राधा पोखे्रल ,
तम्घास ,साउन २३ गुल्मी
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा ६ जना र एन्टिजेन परिक्षण गर्दा ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
रेसुंगा नगरपालीकामा ३७ जना,छत्रकोट गाउपालीकामा २५ जना,धुर्कोट गाउपालीकामा १३ जना, रुरुक्षेत्र गाउपालीकामा १० जना ,इस्मा गाउपालीकामा ४ जना,गुल्मीदरबार गाउपालीकामा २ जना,सत्यवति गाउपालीकामा २ जना र मदाने गाउपालीकामा १ जना गरि ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउपालीका वडा नम्बर कि ५३ वर्षिय महिलाको होम आइसोलेसनमा ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा संक्रमितको कुल संख्या ४ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक संक्रमितको ज्यान गएसगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३ पुगेको छ ।