समुदायका समस्या बुझ्न युवा नेता गाउँमा

रुरुएफ एम सँवाददाता
रुरु
राजनीति भन्दा माथि उठेर समुदाय प्रति चासो राखियो भने आम समुदायले हेर्ने दृष्टिकोण फरक हुन्छ ।
पछिल्लो चरणमा सामाजिक क्षेत्रमा खडेरी परेको बेला रुरुक्षेत्रका युवा नेता यदु ज्ञवाली यतिबेला समाजसेवामा मात्र कृयाशिल हुनुहुन्न जनसमुदाय सँग एकाकार हुँदै जनताका घरदैलो मा पुग्नु भएको छ ।
मुख्य रुपले रुरुक्षेत्रको विकास र समृद्धिका लागि समर्पित युवा नेता ज्ञवाली रुरुक्षेत्र १ को च्यूृरेकका जनसमुदाय सँग च्यूरेकको विकासका लागि छलफल गर्नु भएको छ ।
रुरुक्षेत्रको च्यूरेकमा एकघर एकधाराको काम भई रहेको र निकट भविष्यमा माथिल्लो च्यूरेकको जानपाटाको घुम्टी देखी दोबाटा सम्मको सडक स्तरोन्नति सँगै बिसौनामा प्राथमिक स्वास्थ इकाईको स्थापनामा आफुले पहल गर्ने बताउनु भयो ।
यसैगरी थोर्गाको मुख्य पोईन्ट फँलाटे देखि स्यालपोखरी सम्मको सडकलाई स्तरोन्नति का लागि आफ्नो तर्फबाट पहल जारि राख्ने च्यूरेकी जनसमुदाय सँगको भेटमा प्रतिबद्धता व्यक्त गर्नु भयो ।
हाम्रो अभियान कसरी रुरुक्षेत्रको दिगो विकास र समृद्ध रुरुक्षेत्र बन्छ भन्नेमा केन्द्रित हुनु पर्छ यसका लागि जस्ले जहाँबाट सक्छ त्यहाँबाट पहल गर्नु पर्ने बताउनु भयो ।
रुरुक्षेत्रको विकासका लागि राजनिती बाट माथि उठ्नु पर्छ ज्ञवालीको भनाई छ ।
भेटघाटको क्रममा रुरुक्षेत्रका द्वन्द्व पिडीत पत्रकार कृष्ण अन्जानको घरमा पुगि द्वन्द्व पछिको अवस्थाका बारेमा जानकारी लिनु भएको थियो ।२०६० साल कार्तिक ९ गते नवलपरासीको सुनवलमा सहादत प्राप्त गर्नु भएका भोजराज ज्ञवालीका छोरा पत्रकार कृष्ण अन्जान यहि साउनमा आमा यमकला ज्ञवालीको असामायिक निधनमा मर्माहत हुनुहुन्छ ।
भेटका क्रममा स्वर्गीय आमाको सपना भत्केको गोठ निर्माण र घरमा प्लास्टर गर्ने थियो तर नियतिले आमालाई खोसेको पत्रकार अन्जानले बताउनु भयो ।
द्वन्द्व पिडितलाई राज्यले हेर्नुपर्ने र आफुले स्वर्गीय आमाको सपना पूरा गर्न हर सँभव प्रयास गर्ने र जसरी पनि गोठ र घर पुनर्निर्माण हुने कुरामा युवा नेता यदु ज्ञवालीले आस्वस्त पार्नु भएको थियो ।

You might also like