गुल्मीमा ३ वर्षकी बालीका मृत फेला

अनिल खत्री
२७ भदौ, गुल्मी – गुल्मीमा ३ वर्षकी बालीका मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–२ भेडिखोर निवासी ३ वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले बताए । बालिका शनिवार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतवार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५ सय मिटर पर खोल्सामा मृत फेला पारेको (डिएसपी) पाण्डेले बताए । घटना स्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरिक्षकको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like