गुल्मीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि

राधा पोख्रेल / तम्घास
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको इस्मा गाउपालीकामा ६ जना र रुरुक्षेत्र गाउँपालिकामा २ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो सोही अवधिमा १० जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संक्रिय संक्रमित ३ सय २४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन ।

You might also like