जँगली जनावरले रोज्यो घरको आस्रय

कृष्ण अन्जान
भदौ २९ रुरु ।

जँगलमा वस्ने धेरै जनावरहरु लोपोन्मुख छन र तिनै लोपोन्मुख जनावरमा पर्छ गोहोरो ।
मुख्यतया भिर पाखा पहराका दुलो हरुमा वस्ने गोहोरो देख्नै पाईँदैन र देखि हाले पनि हिँस्रक मानविय स्वाभाव मारेर खाई हाल्ने चलन छ ।
भिर पहरो र दुला हरुमा बस्ने यो जन्तु घाम लाग्दा दुलाबाट निस्केर मज्जाले घाम तापेको पहिले देख्न पाईन्थ्यो ।
चार खुट्टाले हिँड्ने तर लामो पुच्छर घिसार्ने यो जनावरको पुच्छरमा तेजिलो धार हुने र पुच्छरले हानेर आफु माथि आईलाग्ने शत्रुलाई घाईते बनाउन सक्ने शक्ति रहेको बुढापाका हरु बताउँछन ।
गाउँ घरमा यिनै लोपोन्मुख जनावर गोहोरो मार्ने र गोहोरोको छाला काढेर सुकाएर भजन किर्तनमा बजाईने खैँजडि बनाउने परम्परावादि चलन थियो तर यो जनावर करिब लोप हुने अवस्थामा पुगेपछि बाख्राको छालाको खैँजडि बनाएर गाउँ घरतिर बजाउने गरिएको छ ।
तर रुरुक्षेत्र १ स्यालपोखरी नजिकै रहेको मित्र ज्ञवालीको घरमा केहि वर्ष देखि यहि लोपोन्मुख सुन गोहोरोले आश्रय लिएको छ ।
अत्यन्तै सतर्कताका साथ आफ्नो बसाई जँगलबाट घरमा सारेको यो गोहोरो घरको माथिल्लो आँटिमा वस्ने गरेको घर धनि मित्र ज्ञवालीको भनाई छ ।
घाम लागेपछि मज्जाले टिनमा चढेर घाम ताप्छ घरमा केही बिगार गर्दैन बरु मुसा खान्छ यो जनावर हाम्रो साथि बनेको छ मित्र ज्ञवाली भन्नु हुन्छ ।
घरपरिवार बिचको तलामा सुत्ने र गोहोरो माथिल्लो तलामा घरजम गरेको लामो समय भैसकेको ज्ञवालीको भनाई छ ।
यतिबेला मित्र ज्ञवाली केहिदिनका लागि बटौली जानू भएको छ तर घरको चौकिदारी यहि गोहोराले गरेको छ ।
मित्र ज्ञवाली यो गोहोरालाई भगवानको अवतार मान्नु हुन्छ र सँरक्षण गर्नु पर्ने बताउनु हुन्छ ।
एउटै मात्र देखिने गोहोराको जिवन चक्रमा अरु गोहोरा पनि छन या यो एक्लै छ आफुलाई थाहा नभएको ज्ञवालीको भनाई छ ।
मान्छे नदेख्दा घरको टिनको छाना तिर घाम ताप्ने र मान्छे देख्नेबित्तिकै लुकिहाल्ने लजालु स्वाभावको यो गोहोरो घरको गहना भएको र यसलाई घरलाई आश्रय बनाउन दिएको ज्ञवालीले बताउनु भयो ।
पछिल्लो चरणमा धेरै जँगली जनावर हरु लोप भइरहँदा घरलाई आश्रय स्थल बनाएको यो गोहोरो आकर्षणको केन्द्र बनेको छ ।

You might also like