आर्थिक अभाबमा गुल्मीमा बौद्धिक अपाङगता संघको भबन आफै अपाङग जस्तै

तिलाचन पाण्डे/ तम्घास – गुल्मीमा बौद्धिक अपाङगता भएका ब्यक्तिहरुलाई पठन पाठन गराउने उद्येश्यले बन्न लागेको भवन आर्थिक अभाबका करण आफै अपाङग जस्तै भएको छ ।
२०६४ सालमा सात लाख रुपियाँमा करिब साढे चार आना जग्गा खरिद गरी २०७१ सालबाट भबन निर्माण गर्न लागिएको थियो ।
गुल्मीको रेसुङगा नगरपालिका वडा नम्वर ९ मा रहेको बौद्धिक अपाङगता अभिभाबकत्व संघले निर्माण गर्न लागेको भवन आर्थिक अभाबका कारण पुरा हुुन नसकेको संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
तीन तला सहितको भवन बनाउने गरी आफूहरु लागेपनि रकम अभाब भएका कारण दूई तला मात्र बनाउन सकिएको संघका सचिब मेघलाल पाण्डेले बताउनुभयो । दूई तला भबन मात्रै बनेपनि भबन भित्रका फर्निचर तथा अन्य कार्यहरु ब्यबस्थापन गर्न नसकिएको संघले जनाएको छ ।
२०७१ सालबाट हालसम्म शहरी बिकास कार्यालय पाल्पा ,शान्ति तथा पुनःनिर्माण मन्त्रालय, जिल्ला बिकास समिति,संसद बिकास कोष र रेसुङगा नगरपालिकाबाट विभिन्न चरणमा गरी ३९ लाख ९ हजार ३१५रुपियाँ प्राप्त भएको संघले जनाएको छ ।
उद्येश्य अनुसारको काम गर्नका लािग सबैको सहयोग आवश्यक रहेको संघले जनाएको छ ।
अक्षयकोष खडा गरी ब्याजबाट संचालन गर्ने तयारी
बौद्धिक अपाङगहरुलाई पठन पाठन गराउनका लागि अक्षयकोष खडा गरी त्यसको ब्याजबाट भएपनि संचालनको तयारी गरिएको संघले जनाएको छ ।
अहिले ५ लाख जतिको अक्षयकोष खडा गर्नका लागि दाताहरु खोज्ने क्रम जारी रहेको र त्यसैको ब्याजबाट भएपनि संचालन गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो ।
यो संगै आफूहरुले पुनःस्थापना केन्द्र पनि संचान गर्ने गरी योजना बनाएको संघले जनाएको छ ।
कहिलेसम्म संचालनमा आउँछ त भन्ने प्रश्नमा पौडेलले जहिले रकमको जोहो हुन्छ त्यस लगत्तै संचालनमा आउने दाबी गर्नुभयो ।
यता रेसुङगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पुर्वाधारका लागि लुम्बिनी प्रदेशसंग समन्वय गरिएको बताउनुभयो ।पुर्वाधार बाहेक अन्य सहयोगका लागि पनि नगरपालिकाले सक्दो सहयोग गर्ने उहाँको दाबी छ।
तीन बर्ष पहिले गुल्मीमा ३२६ जना बौद्धिक अपाङगता भएका ब्यक्तिहरुको डाटा आफूहरुसंग भएको र त्यसको संख्या बड्न सक्ने अनुमान गरेको सचिब पाण्डेले बताउनुभयो ।गुल्मीमा बौद्धिक अपाङता भएका ब्यक्तिहरुको बास्तबिक डाटा संकलनको कार्य भइरहेको पनि संघले जनाएको छ ।
उक्त भवनको निर्माण कार्य सकिए पछि बौदिक अपाङगता भएका १५ जना र पुनःस्थापना केन्द्रमा १५ जना गरी कुल ३० जनाको क्षमता रहेको संघले जनाएको छ ।
यता बौद्धिक अपाङगता भएका १० जना र अन्य फरक क्षमता भएका २२ गरी ३२ जनालाई उपल्लो तम्घास माध्यमिक बिद्यालयले आवास सहितको ब्यबस्था गरी पठन पाठन गराउँदै आएको छ ।
बौद्धिक अपाङगता भएका अन्य ब्यक्तिहरु घरमै अभिभाबको संरक्षणमा रहँदै आएको यहाँका स्थानीयहरुले बताउँदै आएका छन् ।
रेसुङगा नगरपािलका वडा नम्वर ९स्थित बौद्धिक अपाङगता अभिभाबकत्व संघको भवन तस्बिर ःतिलाचन पाण्डे

You might also like