गुल्मीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

राधा पोख्रेल/तम्घास
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।जिल्लाको रुरुक्षेत्र गाउपालीकामा ८ जना, धुर्कोट गाउपालीकामा ३ ,र कालीगण्डकी गाउपालीकामा २ जना गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३६ जना निको भएर डिस्चार्ज भएका छन ।जिल्लामा संक्रिय संक्रमित २ सय ७२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ संक्रमितको ज्यान गएको छ । जिल्लाको छत्रकोट गाउपालीका वडा नम्बर ६ का ७० वर्षिय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९७ जनाले ज्यान गुमाएका छन ।

You might also like