रुरु गौसेवा आश्रम रुरु धामको गौरव

कृष्ण अन्जान / रुरु
मानवियता अझै जिवित छ भन्ने उदाहरण बन्नु भएको रुरु गाउँ पालिका वडा न ४ का झविन्द्र ज्ञवाली ।
पेशाले बरिस्ठ ईन्जियर रहनु भएका ज्ञवाली तारा गाउँ विकास समितिका अध्यक्ष समेत हुनुहुन्छ ।रुरुक्षेत्र को पाल्पा खण्डको कुसेनिमा स्थापित रुरु गौ सेवा आश्रमका लागि स्थानीय शान्ता ज्ञवालीको सहकार्यमा गौशाला नजिकैको तेह्र रोपनि जग्गा गौशालालाई प्रदान गरेपछि झविन्द्र ज्ञवालीको धार्मिक सहिष्णुताले उचाई चुलिएको छ ।जग्गा सँगै इन्जिनियर झविन्द्र ज्ञवालीको पहलमा गौ सेवा आश्रम मा गौ सेवक हरुका लागि मासिक तलव र दशैँ पेश्कि समेत उपलव्ध गराउनु भएको छ ।केही समय देखि रुरुक्षेत्र धाम अन्तरगतको पाल्पा खण्डमा रहेको तानसेन नगरपालिका वडा न १४ कुसेनीमा रुरु गौसेवा आश्र म सन्चालित छ ।मुख्यतया बेलायतमा वस्ने रुरुधामकी चेलि राजु राणा मल्लको अगुवाईमा करिव विसलाखको लागतमा निर्माण भएको रुरु गौ सेवा आश्रम यो क्षेत्रकै लागि धार्मिक गौरवको स्थल हो ।रुरुक्षेत्रमा मानव र छाडा गाई गोरु बिचको द्वन्द्वलाई कम गर्दै गाई गोरुको सँरक्षणमा रुरु गौ सेवा आश्रमले महत्त्वपूर्ण भुमिका खेलेको छ ।सुविधा सम्पन्न गौशालामा यतिवेला ६५ वटा गाई गोरु रहेको र स्थानीय स्तरबाट घाँस दानाको सहयोगले गाई गोरुको सँरक्षण र पालन पोषण भईरहेको र गौ सेवा आश्रम लाई दिगो राख्न सबै क्षेत्रको सहयोग आवस्यक भएको रुरु गौसेवा आश्रम कि उपाध्यक्ष स्मृति राणाले बताउनु भयो ।गौ माताको सेवा जस्तो पवित्र धार्मिक कार्य सँगै पशुको बाँच्न पाउने अधिकार स्थापित गर्न महत्त्वपूर्ण योगदान गरिरहेको रुरु गौ सेवा आश्रमको स्थापना र गाई को सँरक्षणले रुरुक्षेत्रको धार्मिक पर्यटनमा थप आयाम थप्ने देखिएको छ ।

You might also like