अखिल नेपाल महिला संघ क्रान्तीकारी छत्रकोट गुल्मीद्धारा बिभिन्न जनपक्षिय मागसहित गाउपालीकामा ज्ञापनपत्र

राधा पोखे्रल / तम्घास
अखिल नेपाल महिला संघ क्रान्तीकारी छत्रकोट गाउपालीका गुल्मीले बिभिन्न जनपक्षिय मागसहित गाउपालीकामा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउन अखिल नेपाल महिला संघ क्रान्तीकारी छत्रकोट गाउपालीका अध्यक्ष शिला पौडेल , सदस्य मोती परियार, मिना कंडेल , रमा कंडेल ,तारा कंडेल, सपना कंडेल , वाइसियल प्रदेश कमिटि सदस्य तथा माओवादी केन्द्र छत्रकोट सचिवालय सदस्य रबि कंडेल, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सचिवालय सदस्य तथा छत्रकोट सहइन्चार्ज रामचन्द्र कंडेल, छत्रकोट संगठन बिभाग प्रमुख बिन बहादुर राना , छत्रकोट वाइसियल कोषाध्यक्ष प्रकाश कंडेल, वाइसियल सदस्य नबिन कंडेल लगायतको टोली गाउपालीकामा पुगेको थियो ।

अस्पताल, स्वास्थ्य चौकी, शिक्षण संस्था बिद्यालय बिश्वबिद्यालय वरबर निश्चित दुरिमा धुम्रपान ,मद्यपान ,जुवातास लाई पुर्ण रुपमा निषेधित घोषणा गर्नुपर्ने, माध्यमिक तहसम्म किशोरीमैत्री वातावरण बनाउन किशोरीहरुलाई आराम कक्ष सौचालयको व्यवस्था, सेनिटरी प्याडको व्यवस्था गरिनुपर्ने , छत्रकोट गाउपालीका भित्र रहेका माध्यमिक बिद्यालयहरुमा एक जना स्टाप नर्सको व्यवस्था गरिनुपर्ने ,आमाको नामबाट सहज रुपमा नागरिकता पाउने व्यवस्था गर्नुपर्ने, छोरा सरह छोरीलाई पैतृक सम्पतीमा समान हकको व्यवस्था गनुैपर्ने माग गरिएको छ ।

गाउपालीका लाई लैंिगक हिंसा मुक्त गाउपालीका घोषणा गर्नुपर्ने ,सबै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाउनुपर्ने लगायतको मागसहित ज्ञापनपत्र बुझाइएको छ ।

You might also like