नेपालको संविधान २०७२ एक उत्कृष्ट संविधान हो :उपाध्यक्ष भण्डारी

टोपराम केसी
आश्विन ४ गुल्मी।
गुल्मीको गुल्मी दरवार गाउॅपालिकाले ७औॅ संविधान दिवसको अवसरमा दिपावली गरी मनाएको छ।गाउॅपालिकाका जनप्रतिनिधि र गाउॅपालिकामा कार्यरत कर्मचारीको उपस्थितिमा अन्तरक्रियात्मक रुपमा मनाईएको दिवसमा सो संविधानको औचित्य ,सान्दर्भिकता र प्रभावकारी कार्यान्वयन का सन्दर्भमा समेत छलफल गरिएको थियो । रुरु एफ एम ९४.८मेगाहर्जसॅगको प्रत्यक्ष संवादमा गाउपालिकाको का वा अध्यक्ष समेत रहनु भएकी मिना भण्डारीले वहुजाति,वहुभाषी,वर्गिय सवैको समावेशी ,समतामुलक समाज परिकल्पना गरी राष्ट्रिय एकता र सदभावमा टेवा पुर्याउने एक उत्कृष्ट संविधान भएको दावी गर्नु भयो।

यस्तै सार्वभौम सत्ता, भौगोलिक ,अखण्डता, स्वाधिनता,हकहितको रक्षा ,शान्ति सुरक्षा,आर्थिक समुन्नत का लागि समेत सवै वर्गको हितका निम्ति आवश्यक पक्षको व्यवस्था समेत नेपालको संविधानले गरेको वताउनु भयो।गुल्मि दरवार गाउॅपालिकामा रहेका स्थानीय व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाले नेपालको संविधान २०७२ ले व्यवस्था गरिए वमोजिमको न्याय,कानुन र अधिकारलाई कुल्चियएर सत्य तथ्य रुपमा सर्व साधारणलाई सेवा प्रवाह गर्न आफू सक्षम रहेको धारणा गर्नु भयो।समाजमा पछाडि परेका वर्गलाई अगाडि ल्याउनमा समेत आफ्नो भुमिका अमूल्य रहेको पनि जनाउनु भयो।

साथै भण्डारीले नेपालको संविधानले प्रदत्त गरेको स्थानीय सरकारले कार्यान्वयन गर्ने गरी दिएका २२वटै नियम,कानुन र अधिकार कार्यान्वय आफू सफल भएको पनि वताउनु भयो।सँगै संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आ(आफ्नो स्तर वाट सहयोग गर्न सवै सम्वन्धित निकायलाई आग्रह समेत गर्नु भयो।

You might also like