रुरु गौसेवा आश्रम रुरु धामको गौरव

कृष्ण अन्जान
रुरु, ४ असोज ।

मानवियता अझै जिवित छ भन्ने उदाहरण बन्नु भएको रुरु गाउँ पालिका वडा न ४ का झविन्द्र ज्ञवाली ।
पेशाले बरिस्ठ ईन्जियर रहनु भएका ज्ञवाली तारा गाउँ विकास समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
रुरुक्षेत्र को पाल्पा खण्डको कुसेनिमा स्थापित रुरु गौ सेवा आश्रमका लागि स्थानीय शान्ता ज्ञवालीको सहकार्यमा गौशाला नजिकैको तेह्र रोपनि जग्गा गौशालालाई प्रदान गरेपछि झविन्द्र ज्ञवालीको धार्मिक सहिष्णुताले उचाई चुलिएको छ ।
जग्गा सँगै इन्जिनियर झविन्द्र ज्ञवालीको पहलमा गौ सेवा आश्रम मा गौ सेवक हरुका लागि मासिक तलव र दशैँ पेश्कि समेत उपलव्ध गराउनु भएको छ ।
केही समय देखि रुरुक्षेत्र धाम अन्तरगतको पाल्पा खण्डमा रहेको तानसेन नगरपालिका वडा न १४ कुसेनीमा रुरु गौसेवा आश्र म सन्चालित छ ।
मुख्यतया बेलायतमा वस्ने रुरुधामकी चेलि राजु राणा मल्लको अगुवाईमा करिव विसलाखको लागतमा निर्माण भएको रुरु गौ सेवा आश्रम यो क्षेत्रकै लागि धार्मिक गौरवको स्थल हो ।
रुरुक्षेत्रमा मानव र छाडा गाई गोरु बिचको द्वन्द्वलाई कम गर्दै गाई गोरुको सँरक्षणमा रुरु गौ सेवा आश्रमले महत्त्वपूर्ण भुमिका खेलेको छ ।
सुविधा सम्पन्न गौशालामा यतिवेला ६५ वटा गाई गोरु रहेको र स्थानीय स्तरबाट घाँस दानाको सहयोगले गाई गोरुको सँरक्षण र पालन पोषण भईरहेको र गौ सेवा आश्रम लाई दिगो राख्न सबै क्षेत्रको सहयोग आवस्यक भएको रुरु गौसेवा आश्रम कि उपाध्यक्ष स्मृति राणाले बताउनु भयो ।
गौ माताको सेवा जस्तो पवित्र धार्मिक कार्य सँगै पशुको बाँच्न पाउने अधिकार स्थापित गर्न महत्त्वपूर्ण योगदान गरिरहेको रुरु गौ सेवा आश्रमको स्थापना र गाई को सँरक्षणले रुरुक्षेत्रको धार्मिक पर्यटनमा थप आयाम थप्ने देखिएको छ ।

You might also like