विद्युत अनियमित भएपछि नवनिर्वाचित मेयर समस्या बुझ्न विद्युत वितरण केन्द्र पुगे ।
पाल्पा, जेठ ११
तानसेनमा
तानसेनमा विद्युत अनियमित भएपछि नवनिर्वाचित मेयर समस्या बुझ्न विद्युत वितरण केन्द्र पुगेका छन् । विधुत अवरुद्ध भएको जनगुनासो बढेसँगै मेयर सन्तोषलाल श्रेष्ठ र उपमेयर प्रतिक्षा सिङ्जाली सहितको टोली केन्द्र पुगेको हो ।
नेपाली काङ्ग्रेस तानसेन नगरकमिटिका सभापति सुवर्ण मुनि शाक्य,तानसेन वडा न ४ का नवनिर्वाचित वडा अध्यक्ष हेमन्त राज शाक्य,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल लगाएतले विद्युतका कारण देखा परेका समस्याहरूका बारेमा जानकारी दिदै समाधानको लागि वितरण केन्द्रलाई आर्गह गर्नुभएको थियो ।
गुनासो सम्बोधन गर्दै पाल्पा वितरणका केन्द्र प्रमुख ई विवेक अधिकारीले हावाहुरीका र बर्षातका कारण विधुतमा समस्या सिर्जित भएको बताउनुभयो । विगत ३ दिन अघिको हावा हुरि र वर्षातका कारण बुटवल पाल्पाको मेन लाईन डुम्रे नजिकै अवरुद्ध हुदा विधुत आपुर्तिमा समस्या सिर्जित भएको बताउनुभयो । अवरुद्ध विधुतको आपुर्तिका लागि बैकल्पिक विधुत आधिखोला र रूप्से सवस्टेसनबाट विधुत आपुर्ति गर्ने क्रममा विधुत पटकपटक अवरुद्ध भएको बताउनुभयो ।
पाल्पाका केही स्थानमा विधुत अवरूद्व रहेकोले विधुतको मर्मत सम्भार गर्ने कार्य भइरहेको बताइएको छ। जनप्रतिनिधिहरूको गुनासोलाई सम्बोधन गर्दै ई अधिकारीले विधुतको समस्या समधान गर्ने प्रयासमा केन्द्र रहेको बताउनुभयो ।