जेठ -१३ ,२०७९
गुल्मीदरवार गाउँपालिका ३ गौडाकोट गुल्मी ।
गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नं ३ गौडाकोट स्थित राजामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत आधारभुत सिलाई कटाइ र व्युटिसियन सम्वन्धि तालिमको आज अौपचारिक रुपमा समापन गरिएको छ।
गुल्मी दरवार गाउँपालिकाको आयोजनामा सञ्चालित सो तालिम सशक्तीकरण विकास केन्द्र नेपाल तानसेन पाल्पाको समन्वय तथा सहजीकरणमा सम्पन्न भएको हो।
वडा नं ३ का वडा अध्यक्ष राम वहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा गुल्मीदरवार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा को प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाको र गाउँपालिका का प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मण पाण्डे को विशेष आतिथ्यता रहेको थियो। यस्तै अन्य अतिथिहरुमा गाउँकार्यपालिका सदस्य श्री कुमारी पुवारे ,वडा सदस्यहरु लाल वहादुर सराङ्कोटी,राम वहादुर घिमिरे,विष्णु परियार नि वर्तमान वडा सदस्य ललित सारङ्कोटी,अधिकृत छैटौ नव राज घिमिरे,शसक्तिकरण विकास नेपाल संस्थाका सचिव सागर पोखरेल,प्रशिक्षक द्वय ज्योती श्रेष्ठ र सृजना सोमै लगाएतका अन्य समाज सेवी तथा वुद्धिजिवी व्यक्तित्व हरु रहनु भएको थियो।
कार्यक्रम मार्फत तालिममा सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ।प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष थापाले सिकेको सिपको उचित सदुपयोग गरि स्वरोजगार हुन सवैलाई आग्रह गर्नु भयो।
साथै तालिमरकार्यक्रमलाई सफल,सहज तथा प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक सहयोग,समन्वय तथा सहजीकरण का निम्ति गाउँपालिकाले सशक्तीकरण विकास नेपाल संस्था प्रति विशेष कृतज्ञता ज्ञापन समेत गरेको छ।
दुई महिना सम्म सञ्चालन भएको सीप विकास तालिममा तालिम अवधिभर प्रशिक्षक द्वय ज्योती श्रेष्ठ र सृजना सोमैले सम्वन्धित विषयमा प्रशिक्षण दिनु भएको थियो।
सिलाई कटाई मा १२ जना र व्युटिसियन मा ३ जना गरि जम्मा १५ जनालाई सीप विकास तालिम प्रदान गरिएको गाउँपालिकाको उद्यम विकास शाखाले जनाएको छ।
यो सँगै आर्थिक वर्ष २०७८र७९का सवै सिपमुलक तालिम का कार्यक्रम सम्पन्न भएको उद्यम विकास सहजकर्ता महेन्द्र परियारले जानकारी दिनु भयो।
सशक्तीकरण विकास केन्द्र नेपाल तानसेन पाल्पाका सचिव सागर पोखरेल को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता भगवती श्रीसले गर्नु भएको थियो।