एमालेका कार्यकर्ता नेकपा माओबादी केन्द्रमा समाहित, सबै अट्ने पार्टी नै माओबादी केन्द्र : अध्यक्ष बराल
जेठ १३,
२०७९ गुल्मीः
गुल्मीमा नेकपा एमालेका तीन जना जिल्ला सदस्य सहित दर्जनौ कार्यकर्ता नेकपा माओबादी केन्द्रमा समाहित भएका छन् ।
नेकपा एमालेका जिल्ला सदस्य रामलाल बिक, देब बिक ,यज्ञ ज्ञवाली लगायतका नेताहरु माओबादी केन्द्रमा समाहित भएका हुन् । एमालेबाट २०७४ को स्थानिय निर्वाचनमा रुरुक्षेत्र गाउपालिका वडा नं. १ का अध्यक्ष समेत रहेका रामलाल बिक लाई एमालले गत निर्वाचनमा, स्वतन्त्र उम्मेद्वार उठे पछि कारबाही गरेको थियो ।
यस्तै एमालेका नेताहरु लीला कंडेल , तुल्सी श्रेष्ठ, यदु पौडेल, रामबहादुर नेपाली ठाकुर श्रेष्ठ सहित दर्जनौ नेताहरुलाई नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल , जिल्ला संयोजक बुद्धि जिशीले टीका र खादा लगाएर पार्टीमा समाहित गराएका हुन् ।
माओबादी केन्द्रमा समाहित भएपश्चात ३६ बर्षदेखी एमालेमा निरन्तर खटिएका रामलाल बिकले माओबादी केन्द्र पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीताका साथ पालना गर्ने उद्घोष गरे ।
एमालेमा रहँदा आफूहरुले धेरै अपमान सहन परेको भन्दै उनीहरुले आफूहरुको रोजाइको पार्टी नै माओबादी केन्द्र भएको बताएका छन् ।
कार्यकममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले सबै अट्ने पार्टी नै माओबादी केन्द्र भएको बताए । उनले यस पार्टीमा सबैलाई न्याय हुने भन्दै एमालेमा जस्तो अपमान सहन नपर्ने बताए ।
जिल्ला संयोजक बुद्धि जिशीले ढिलै भए पनि पार्टीमा समाहित भएकोमा स्वागत गर्दै एमाले भित्रका इमान्दार नेताहरु माओबादी केन्द्रमा आउने क्रम जारी नै रहने बताए ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली , स्थानीय नेताहरु र जनबर्गिय संगठनका नेताहरुको उपस्थिती रहेको थियो ।