जेठ-१७,२०७९
काठमाण्डौँ।
स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरे जस्तो नआए पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् ।
जेठ ११ मा ओलीले गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेट पछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ ।
एमाले उप९महासचिव प्रदीप ज्ञवाली भने अहिल्यै एमाले–जसपा सहकार्य गर्ने बारे कुनै प्रगति नभएको बताउँछन् ।
यादव गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग असन्तुष्ट छन् । असन्तुष्ट रहे कै बेला अध्यक्ष ओलीले यादव सँग भेटवार्ता गर्नु लाई गठबन्धनका अन्य घटकहरूले शंकाको रूपमा हेरेका थिए । तर, यादव आफैं सहभागी भएको गठबन्धनको सोमबारको बैठकले जिल्ला समन्वय समिति ९जिसस० र गठन गर्न बाँकी रहेका गाउँरनगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिएको छ ।
निर्देशन दिने यो निर्णयलाई कांग्रेस सभापति समेत रहेका प्रधान मन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष पुष्प कमल ‘प्रचण्ड’ले गठबन्धनलाई अझ मजबुत बनाउन चाहेको रूपमा कतिपयले अर्थ्याएका छन् ।
देउवा निकट कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले गठबन्धन दलहरू शंकाबीच आगामी प्रदेश र सङ्घीय निर्वाचनमा सँगै हुने बताए । यद्यपि, एमालेले गठबन्धन पहिलेदेखि फुटाउन खोजेको र फुटाउने प्रयास जारी राख्नुलाई अस्वभाविक मान्न नहुने उनको धारणा छ ।
गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने एमाले–जसपा सहकार्य सम्भव नभएको बताएका छन् । उनका अनुसार गठबन्धन आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्मै जान्छ ।
तर, यदि, जसपा अलग भए, सत्ता गठबन्धन भने नढल्ने बताए ।
यादव असन्तुष्ट हुनुको एउटा कारण, विराटनगर महा नगरपालिकाको उप प्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका छोरा अमरेन्द्र पराजित हुनु हो । अर्को कारण, मधेस प्रदेशको जनकपुर उप महानगरपालिकामा पनि उनको पार्टीका उम्मेदवार लाल किशोर साह पराजित हुनु हो ।
अध्यक्ष यादव यी दुई स्थानीय तहको परिणामलाई लिएर असन्तुष्ट भएका बेला एमाले अध्यक्ष ओली भेट्न गएका थिए । जसपा उपाध्यक्ष रकम चेम्जोङले ओलीले आगामी निर्वाचनहरूमा सहकार्यको प्रस्ताव अध्यक्ष यादवसँग राखेको बताए ।
यद्यपि, यादव असहमत भएको र दुवै तहको निर्वाचनमा गठबन्धन दलहरूबीच नै तालमेल हुने उनको भनाइ छ । एमाले अध्यक्ष ओलीले ‘१७ असार’लाई गठबन्धन टुट्ने मिति भएको पटक–पटक भन्दै आएका छन् । कहिले त उनी एमालेले चाहेको चुट्की भरमा गठबन्धन फुट्ने पनि बताउने गरेका छन् ।
गठबन्धनकै कारण अघिल्लो पटक पहिलो बनेको एमाले दोस्रो हुन पुगेको ओली विश्लेषण छ । तर, गठबन्धन दलहरू एमाले विरुद्ध मजबुत तालमेलको तयारीमा छन् । सोमबारको निर्णयले त्यस कै सङ्केत गरेको छ ।