टोपराम केसी
जेठ-१९,२०७९
रुरु क्षेत्र गाउँपालिका गुल्मी।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका उपाध्यक्ष मिना देवी गौतमले गाउँपालिका सरकारमा नेकपा एमालेको स्पष्ट वहुमत भए पनि एक अर्कामा मिलेर समन्वयात्मक रुपमा कार्य सम्पादनमा जुट्ने प्रतिवद्धता जनाउनु भएको छ।
रुरु एफ्.एमको प्रस्तुती कार्यक्रम हाम्रो पालिकाको विशेष संवादका क्रममा उहाँले सो प्रतिवद्धता जनाउनु भएको हो।
निर्वाचनका क्रममा फरफ पार्टीवाट फरक फरक घोषणापत्र लिएर जनता सामु पुग्नु स्वभाविक भएको वताउँदै फरक फरक पार्टीवाट गाउँपालिका सरकार वनेकाले दुवै पक्षको घोषणापत्र मा उल्लेखित महत्वपुर्ण पक्षका विचमा समायोजन हुने गरि सरकारका गतिविधि अगाडि वढ्ने पनि वताउनु भयो।
निर्वाचनका सम्मुखमा जनताका घर-घरमा पुगेर आम रुरु वासीहरुको वास्तविक माग,आवश्यकता तथा समस्या पहिचान गरि सकेकाले अव भने ती कुराहरुलाई ध्यानमा राखी काम गर्ने समय आएको उहाँको भनाइ छ।
उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ती कुराहरु समेटी नीति तथा कार्यक्रम लाई समावेसी र सन्तुलित वनाउने वताउनु भयो।उहाँले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई पूरा गर्नमा जोड दिने तथा स्थानीय सरकारलाई जनताको सुख:दुखमा साथ दिने नजिकको सरकार हो भन्ने अनुभूति हुने गरि कार्यसम्पादन मा सधै क्रियाशील रहने समेत उल्लेख गर्नु भयो।
साथै आफुलाई अमुल्य मत प्रदान गरि गाउँपालिका उपाध्यक्ष मा विजयी वनाउने आम रुरु क्षेत्रवासीहरु प्रति कृतज्ञता ज्ञापन गर्नु भयो।
उहाँले एक फरक प्रसङ्गमा अव रुरु क्षेत्र गाउँपालिकाको सरकार समग्र रुरु क्षेत्रलाई कसरी विकास र समृद्ध का हिसावले अगाडि वढाउन सकिन्छ ? र नमुना गाउँपालिका के कसरी वनाउन सकिन्छ ? भन्ने तर्फ नै केन्द्रित रहने समेत स्पष्ट पार्नु भयो।
गौतम वैशाख ३० मा सम्पन्न स्थानी निर्वाचनमा नेकपा एमालेका तर्फवाट रुरु क्षेत्र गाउँपालिका उपाध्यक्ष मा विजयी हुनु भएको थियो।
गाउँपालिका अध्यक्ष मा भने गठवन्धन का साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली निर्वाचित हुनु भएको थियो।