रेसुङ्गा विमानस्थलको नियमित उडानको प्रतिवद्धता पटक–पटक टर्दै, १६ बर्षअघि देखि सरर बिमानमा उड्ने सपना आशामै सिमित
अनिल खत्री
२१ जेठ, गुल्मी । निर्माण कार्य सम्पन्न हुन लागेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलको पटक–पटकको प्रतिवद्धताले नियमित उडान नभएपछि स्थानीयको आशा मर्दै गएको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ ।
हाल विमास्थलमा बिमानस्थलमा वरिपरी टेवा प्रर्खाल, धावन मार्गको कालोपत्रे, वाह्रय ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवए मार्किन लगाएतका काम सकिएको छ । २०६३ सालदेखी सुरु गरिएकोे रेसुङ्गा बिमानस्थलमा सिभिल निर्माणको काम सकिएको छ ।
निर्माणको काम सम्पन्न भएलगत्तै एकातिर रेसुङ्गा विमानस्थल नियमित उडानको पर्खाइमा छ भने अर्कोतिर १६ बर्षअघि देखि सरर बिमान चढेर यात्रा गर्ने सपना देखेका गुल्मेली जनताको आशा आशामै सिमितै छ । २०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब संचालनमा आउला भन्ने विश्वास स्थानीयको थियो ।
तर पटक–पटकको प्रतिवद्धताले नियमित उडान नभएपछि स्थानीयको आशा मर्दै गएको छ । विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा आए यहाँका नागरिकहरु स्तरीय स्वास्थ्य सेवा अनेत्र जान दुखः नपाउनु नपर्ने स्थानीय मणी पाण्डेले बताए ।
उनले विमानस्थ्ल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए । गुल्मी जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रहरु धेरै रहेकाले विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए आन्तरीक तथा बाह्य पर्यटकहरु भित्रिने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।
उनले निर्माण कम्पनीले समयमै काम नसक्नुले विमानस्थल बन्दैनकी भन्ने आशंका स्थानीयमा उब्जाएको बताए । तर अब निर्माणको काम सम्पन्न भएपनि प्राबिधिक कामहरु पुरा गरेर सञ्चालनमा ल्याउनुपर्नेमा पौडेलले जोड छ ।
जिल्लामा स्वास्थ्य सेवा र पहाडका सडकमा त्यहि पहुँच नहुदाँ गुल्मीमा विमानस्थल महत्वपूर्ण रहेको स्थानीय सीता बिकले बताइन् । उनले छिटो संचालनमा ल्याउन सकेमा यात्रामा सहजता हुने बताइन ।
रेसुङ्गा बिमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा फैलिएको बिमानस्थलमा हाल सम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भईसकेको रेसुङ्गा बिमानस्थल गुल्मीका सव इन्जिनियर दिनेश परियारले बताए ।
२०६३ सालमा रेसुङ्गा बिमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको परियारले बताए ।
कारोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाई भएको आयोजनाले जनाएको छ । रेसुङ्गा बिमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ ।
प्राधिकरण विभाग र मन्त्रालयसंग सहकार्य गरेर छिटो भन्दा छिटो उडान गर्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । निर्माण व्यवसायिका कारण निर्माण कार्यमा ढिला भएपनि उडान गर्ने कार्यमा ढिलाई गर्न नहुने बताए ।
यस वर्षको वैशाखमा नियमित उडान गर्ने भनिएता पनि निर्माण कम्पनीको ढिलाईका कारण उडान हुन सकेको छैन् ।