जेठ-२८,२०७९
गुल्मी ।
नेपाल कम्युनिस्ट पार्र्टी गुल्मीले हिजो शुक्रबार सदरमुकाम तम्घासमा एमसिसी परियोजना तथा चौतर्फी मूल्य वृद्धि विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।
पार्र्टीको केन्द्रिय कार्यक्रम अनुसार गुल्मीमा विरोध प्रदर्शन गरिएको हो ।
एकीकृत जनक्रान्ति जिन्दावाद , अमेरिकी साम्राज्यवाद मुर्दावाद,महँगी नियन्त्रण गर ,पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर,कालो बजारी नियन्त्रण गर, समयमै किसानलाई मल व्यवस्था गर जस्ता नारा लगाउदै विरोध जुलुस कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेकपा गुल्मीका सेक्रेटरी सुमनले सम्बोधन गरेका थिए ।
सम्बोधन गर्दै उनले भने “अहिले हाम्रो देश इतिहास कै गम्भीर संकटमा रहेको छ , एमसिसि पास हुन साथ अमेरिकि बिदेश मन्त्री ,सेनाले अनैतिक भ्रमण गर्दै देशको अस्तित्वनै संकटमा पार्न खोजिरहेको छन् ” ।
साथै सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरि गरिब किसानको ढाड सेक्ने गरेको बताउदै तत्काल मुल्य वृद्धि फिर्ता लिन माग समेत गरे ।
त्यस्तै पछिल्लो समय कालो बजारी मौलाएको र समय मै किसानले मल बीउ नपाएर किसान संगै आम जनता मर्कामा परेको उल्लेख गर्दै त्यस तर्फ सरकारले यथाशीघ्र ध्यान दिन उनले आग्रह गरे ।
विरोध प्रदर्शनमा श्रमिक मुक्ति मोर्चाका केन्द्रिय सदस्य वसन्त गैरे,किसान महा संघका केन्द्रिय सदस्य बिनोद पोख्रेल ,युवा संघका गमर मगर ,अखिल क्रान्तिकारीका राज खड्का लगायतको सहभागीता रहेको थियो ।